धरान: धरानमा पछिल्लो २४ घण्टामा ११ जना नेपाली सेनासहित १९ जना कोरोना संक्रमित थपिएका छन् ।
धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका अनुसार फुस्रेस्थित आर्मी क्याम्पका ११ जना सैनिकहरुमा संक्रमण पुष्टि भएको हो । यस्तै, ५ जना भारतीय सैनिकहरुमा पनि संक्रमण पुष्टि भएको छ । उनीहरुमध्ये एक जना एन्फा क्वारेन्टिनमा थिए भने ४ जना होटल क्वारेन्टिनमा थिए । यस्तै, धरान ११ की एक ५७ बर्षीय महिलामा पनि संक्रमण पुष्टि भएको छ । यी १७ जनाको पिसिआर रिपोर्ट हिजो साँझ आएको हो ।
आज बिहान थप २ जनाको पिसिआर रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिए । उनका अनुसार धरान १७ को कन्ट्याक ट्रेसिङ गर्दा धरान १६ की एक ३३ बर्षीया महिलामा संक्रमण पुष्टि भएको हो । यस्तै, धरान १७ की २२ बर्षीया युवतीमा पनि संक्रमण पुष्टि भएको छ । योसँगै धरानमा कुल संक्रमितको संख्या १९७ पुगेको पनि मेहताले जानकारी दिए ।