धरान: नेपालमा पछिल्लो २४ घण्टामा १४ जना कोरोना संक्रमितहरुको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ जना महिला र १० जना पुरुषको मृतयु भएको हो । मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार काठमाण्डौंमा ८२, ६७ र २२ बर्षीय महिलाको मृत्यु भएको छ भने चितवनमा ३५ बर्षीय एक कोरोना संक्रमित महिलाको पनि मृत्यु भएको छ ।
यस्तै, पुरुषहरुमा सप्तरीका ५५ बर्षीय २ जनाको मृत्यु भएको छ भने धुनषामा ६५, कास्कीमा ३१, नवलपरासीमा ३७, प्युठान ५८, रुपन्देहही ७८, पाल्पा ६३ र सुर्खेत ४२ बर्षीय पुरुषको मृत्यु भएको छ । आजसम्म कोरोना संक्रमित मृतकको कुल संख्या २७१ जना पुगेको पनि मन्त्रालयका प्रवक्ता डा.गौतमले जानकारी दिए ।
१३५९ संक्रमित थपिए, १३५४ जना डिस्चार्ज
नेपालमा पछिल्लो २४ घण्टामा १३५९ जना कोरोना संक्रमित थपिएका छन् । देशभरका प्रयोगशालामा गरिएको परिक्षणबाट ४६४ जना महिला र ८९५ पुरुषमा संक्रमण पुष्टि भएको हो । योसँगै संक्रमितहरुको कुल संख्या ४४ हजार २ सय ३६ पुगेको पनि मन्त्रालयले जनाएको छ ।
यसैगरि, पछिल्लो २४ घण्टामा देशभरबाट १३५४ जना पनि डिस्चार्ज भएका छन् । कुल संक्रमितहरु मध्ये २५ हजार ५६१ जना निको भएर डिस्चार्ज भइसकेको मन्त्रालयले जनाएको छ ।