धरान: दुर्घटना पश्चात शारीरिकरुपमा असक्त धरान १५ का पुण्य प्याकुरेललाई खाद्यान्न सहयोग गरिएको छ ।

वैदेशिक रोजगारीको क्रममा हाल कतारमा रहेका धरान १६ निवासी एक युवाले सहयोग गरेका हुन् । उनले नाम खुलाउन भने मानेनन् । ती युवाले नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका प्रदेश १ उपाध्यक्ष रविन अधिकारीमार्फत सहयोगका लागि नगद २० हजार रुपैया पठाइदिएका थिए । अधिकारीले १५ हजार रुपैया बराबरको खाद्यान्न र ५ हजार रुपैया नगद पुण्यलाई उपलब्ध गराउने व्यवस्थापन गरेका थिए । खाद्यान्नमा ५० केजी चामाल, २० केजी दाल, १ कार्टुन हर्लिक्स, सावुन र ११ दर्जन बच्चाहरुलाई विस्कुट दिइएको थियो ।

सहयोग सामग्री पुन्यको घरमा नै गएर नेकपा धरान उपमहानगरपालिका कमिटि अध्यक्ष नारायण सुवेदको हातबाट हस्तान्तरण गरिएको थियो । सहयोगी युवा २०५१ सालमा धरानबाट पहाडी रुटमा चल्ने गाडीमा सहचालकको रुपमा कार्यरत रहेको मजदुर संगठन केन्द्रिय सदस्य लक्ष्मि बाँनियाले जानकारी गराए । सोही दिन धरान ३ कि व्यवसायी सुप्रिया माझीले प्याकुरेलका २ छोरा र छोरीका लागि दशैमा लगाउनको लागि कपडा पनि प्रदान गरिन् । माझी उपस्थिति हुन नसके पनि उनको श्रीमान युवा नेता दिपक वनेपालीले कपडा प्रदान गरेका थिए ।

punya-help

शारीरिकरुपमा अशक्त पुण्य प्याकुरेलको छातीदेखि मुनिको भाग चल्दैन । सडक दुर्घटनामा परि उनी अशक्त बनेका हुन् । उनको एक श्रीमति, १ छोरी र १ छोरा छन् । केही बर्षअघि यातायात मजदुर संगठनका केन्द्रिय अध्यक्ष भिमज्वाला राईको अगुवाइमा मजदुर संगठन र धरानका पत्रकारहरुले पुण्यका घर निर्माण गरिदिएका थिए । सहयोग हस्तान्तरणको क्रममा धरान १० न. वडा सदस्य समशेर वरदेवा, मजदुर संगठन धरान उपमहानगर कमिटि अध्यक्ष कमल भट्टराई, प्रेस संगठन नेपालका केन्द्रिय सदस्य देवेन्द्र कार्की लगायतको उपस्थिति रहेको थियो ।