विराटनगर: प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप ५४ जनामा कोरोना संक्रमण देखिएको छ ।

संक्रमण देखिएकाहरुमा मोरङका ३४ जना छन् भने सुनसरीका १३ जना छ्न । झापाका ५, इलामका १ र प्रदेश १ बाहिरका १ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनागरका १४ महिला र १४ पुरुष छन् । पथरीशनिश्चरेका २, लेटाङ, कटहरी र रंगेलीका १–१ पुरुष र जहदाकी १ महिला छन् ।

सुनसरीको इटहरीका २ महिला र ६ पुरुष, धरानका ४ महिला र १ पुरुष, झापाको दमकका १ महिला र २ पुरुष, विर्तामोडका १ र स्थानीय तह नखुलेका १ पुरुष, इलामको चुलाचुलीका १ पुरुष र प्रदेश १ बाहिरका १ महिलाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३ हजार ८७९ पुगेको छ ।

यस्तै, प्रदेश १ मा पछिल्लो २४ घण्टामा कोरोना भाईरस (कोभिड १९) संक्रमणबाट थप ४ जनाको मृत्यु भएको छ । मृत्यु हुने सवै मोरङका रहेका छन् । विराटनगरका २ महिला र बुढीगंगा र धनपालथानका १–१ पुरुषको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा आजसम्म मृत्यु हुनेको संख्या ३९ पुगेको छ । प्रदेश १ स्थायी ठेगाना भएका २७ रहेका छन् । अन्य १२ जना प्रदेश १ बाहिरका रहेको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज १ हजार ७ सय ६१ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये २३ महिला र ३१ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । प्रदेश १ मा आज १६ जना डिस्चार्ज भएका छन् । उनीहरु सवै कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट डिस्चार्ज भएका हुन । प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या १ हजार ८३५ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार आजसम्म ९७ हजार २२१ जनाको कोरोना परीक्षण गरिएको छ ।