धरान: धरानमा आज साँझ एकै पटक ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमण पुष्टि भएकाहरुमा २ जना प्रहरी र अन्य फुस्रेस्थित आर्मी क्याम्पका सेना, उनीहरुका परिवार छन् । धरान उपमहानगरपालिकाको स्वास्थ्य महशाखा प्रमुख उमेश मेहताका अनुसार २ जना इलाका प्रहरी कार्यालयका प्रहरी छन् । बाँकी सबै फुस्रे आर्मी क्याम्पमा सेना, तिनका परिवारहरु हुन् । आर्मी क्याम्पका २ बर्षका बालिकासहित ६२ जनामा संक्रमण देखिएको मेहताले बताए । ‘२ जना प्रहरी र ६२ जना आर्मी क्याम्पका सैनिक, परिवारहरु हुन्,’मेहताले भने ।