विराटनगरः एम्बुलेन्स प्रयाेग गरि भतिजी अपहरण गर्ने युवालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पथरी शनिश्चरे नगरपालिका ८ का २१ वर्षीय सुजन रणपहेली रहेका छन् । अपहरणमा प्रयोग भएका दुइ एम्बुलेन्स र सहयोगीलाई समेत प्रहरीले पक्राउ गरि मुद्धा चलाएको छ । प्रहरीका अनुसार १४ वर्षीया बालिका अपहरणमा पर्नुमा उनकी आमाले निकालेको २ लाख रुपैँया हो । भदौ १६ गते बालिकाकी आमाले पथरीको एक फाइनान्सबाट निकालेको सो रकम बालिकालाइै नै राख्न दिएको आफन्त काकाले थाहा पाएपछि लागुुऔषधको दुुव्र्यसनीमा रहेको रणपहेलीले पैसासहित भजिति एम्बुलेन्समा हालेर काठमाण्डौतर्फ लगेका थिए । काठमाण्डौ छिर्ने क्रममा साँगाबाट प्रहरी पक्राउ गरि पथरी प्रहरीलाई जिम्मा लगाएको पथरी प्रहरी प्रमुख डिएसपी दिलिपकुमार गिरीले जानकारी दिए ।

गिरीका अनुसार सुजनले उनको चिनेको साथी पथरी शनिश्चरे ६ का २२ वर्षीय रमण आचार्यको को २ च २८८२ र मोरङ सुनवर्षी नगरपालिका ६ का ३६ वर्षीय पूर्णबहादुर तामाङ पक्राउ परेका छन् । सुजनले रमणको एम्बुुलेन्समा हालेर इटहरी तर्फ पुुर्याएका थिए । त्यसपछि तामाङको एम्बुलेन्समा राखेर २० हजार रुपैया भाडा दिने सर्तमा काठमाण्डौ हिँडाएका थिए । साथमा आचार्यको एम्बुलेन्स समेत रहेको र उनलाई पनि २० हजार दिने सर्त रहेको प्रहरीको भनाई छ ।प्रहरीले भदौ १८ गते उक्त एम्बुलेन्स र सँलग्नलाई पक्राउ गरि बालिकाको उद्धार गरिेको थियो ।

पथरीबाट एम्बुलेन्समा छोरी हिँडाएको थाहा पाएपछि बालिकाकी आमाले छोरीको हुलिया प्रहरीलाई टिपाएकी थिइन् । सोहि हुलियाको आधारमा अहपरण घटनामा सँलग्न सबै व्यक्तिलाई पक्राउ गरिएका डिएसपी गिरीले जानकारी दिए । उनले दोषिलाई अपहरण तथा ज्यान मास्ने बेच्ने मुुद्धामा म्याद थपि अनुुसन्धान थालिएको जानकारी दिए ।