ताप्लेजुङ: ताप्लेजुङ सिरिजंघा गाउँपालिका ४ मा दुई जनाको पहिरोले पुरिएर मृत्यु भएको छ ।
मृत्यु हुनेमा ३० बर्षीय राजु लिम्बु र ५५ बर्षीय विष्णुदास थेवे रहेका छन् । गए राती परेको अविरल वर्षाको कारण निर्माणधिन नागदेवा लघु जलविधुत आयोजनाको पावर हाउसमा कार्यरत उनीहरुलाई पहिरोले पुरिएर मृत्यु भएको हो । पावर हाउसको भवनसहित माथीबाट झरेको पहिरोले उनीहरुलाई पुरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । पावर हाउसमै रहेको अवस्थामा पहिरोले पावर हाउस बगाउदा दुवै जना पुरिएर मृत्यु भएको हो । घटनास्थलमा पुगेको प्रहरी टोलीले लाशको निकालेर थप कानुनी कारबाही भईरहेको उक्त कार्यालयले जनाएको छ ।