मोरङ: मोरङ धनपालथान ३ चेकाटोलका ६ बर्षीय छोरा बसिकरण ऋषिदेबको रुखको हांगाले लागेर मृत्यु भएको छ ।
आज दिउँसो १२ बजे मृतक बालकका काका सुनिल ऋषिदेबले जंगलबाट रूखको हांगा ल्याई घरमा राख्ने क्रममा घरको आंगनमा खेलिरहेका बालकलाई लाग्दा उनी घाईते भएका थिए । घाईते बालकको कर्सिया अस्पतालमा उपचारको क्रममा दिउसो पौने १ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । सुनिल ऋषिदेब तत्काल फरार रहेकोले उनको खोजी भईरहेको उक्त कार्यालयले जनाएको छ ।