विराटनगरः सामाजिक विकास मन्त्री जीवन घिमिरेका स्वकीय सचिव राम पोख्रेललाई कोरोना संक्रमित पुष्टि भएको छ ।
गत भदौ १३ गते धनकुटा पुगेर फर्किएका मन्त्री घिमिरेलाई भोलिपल्ट कोरोनाको लक्षण देखिएको थियो । उनलाई निरन्तर डाइरिया भएपछि स्वाव दिएका घिमिरेको १४ गते साँझ ८ः३० बजे पिसिआर रिपोर्टमा पोजेटिभ देखिएको थियो । सो बेला मन्त्रीका चालक, स्वकीय सचिवहरु, मन्त्रालय र निवासका कर्मचारीको स्वाव जाँच गराउँदा कोहि पनि व्यक्तिमा कोरोना सँक्रमण देखिएको थिएन् ।
स्वकीय सचिव पोख्रेलको भने हिजो क्वाब दिइएको थियो । मन्त्रालयमा आएका केहि सेवाग्राहीमा कारोना देखिएपछि उनले शंका लागेर जाँच गराएका थिए । नभन्दै उनका कोरोना पोजेटिभ देखिएको मन्त्रीका प्रमख स्वकीय सचिव तिलक बस्नेतले जानकारी दिए । बस्नेतका अनुसार केहि दिन अघि मन्त्रीको सचिवालयको च्याम्बरमा आएका ति व्यक्तिहरुलाइ कोरोना देखिएलगत्तै पोख्रेलले पनि स्वाव दिएका थिए । उनीसँगै अरुको स्वाव दिएपनि पोख्रेललाई मात्र कोरोना सँक्रमण रहेको बताइएको छ ।