धरान: धुलिखेल समाज धरानमा युगल श्रेष्ठ तखाछेंको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ ।
आगामी ३ वर्षका लागि प्रथम उपाध्यक्षमा ईन्दु श्रेष्ठ कोजु, द्धितिय उपाध्यक्षमा सुनिल श्रेष्ठ तुसुजु, सचिवमा मोहन श्रेष्ठ गज्याजु, कोषध्यक्षमा भिम श्रेष्ठ धालाछें र सहसचिवमा अभिमन्यू श्रेष्ठ तखाछें चयन भएका छन् । सदस्यहरुमा निःल श्रेष्ठ तुसुजु, प्रदिप श्रेष्ठ गज्याजु, अनिता श्रेष्ठ धालाछें, मेहरलाल श्रेष्ठ याकाछे, राजेन्द्र श्रेष्ठ तक्सारी, मेन कुमार श्रेष्ठ ध्वजु, सुमन श्रेष्ठ चोच्छे, निविरोध निर्वाचित भएको छ । संस्थाको विधान अनुरुप १५ जनाको कार्यसमिति हुनेछ ।
धुलिखेल पुखौली थलो भएको धरानमा बसोबास गर्ने नेवार समुदायको साझा संस्थाको रुपमा स्थापना भएर २०६१ सालदेखि विभिन्न समामाजिक कार्यहरु संचालन गर्दै आएको छ । संस्थाको सदस्यहरुको सहयोगमा धरान १ मा आफ्नै भवनमा सचिवालय र विभिन्न कार्यक्रम संचालन गर्नका लागि सभाहल समेत संचलन गर्दै आएको छ ।