धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कार्यरत हेल्थ एडका २ छोरालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
प्रतिष्ठानको सर्जरी युनिट २ मा कार्यरत हेल्थ एडका छोराहरुमा संक्रमण पुष्टि भएको हो । धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार दुवै जना जुम्ल्याहा छोरा हुन् । दुवै १६ बर्षका हुन् । योसँगै धरानमा संक्रमितहरुको कुल संख्या २७७ पुगेको पनि मेहताले जानकारी दिए ।