विराटनगर : विराटनगरमा थप एक सँक्रमित महिलाको मृत्यु भएको छ ।

विराटनगर १९ की महिलाको कोसी कोभिड अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको अस्पतालका सँयोजक डाक्टर दीपक सिग्देलले जानकारी दिए ।उनका अनुसार ति महिलामा श्वासप्रश्वासको समस्या थियो । त्यस्तै शरीरमा अक्सिजनको कमी देखिएकी थियो । उनलाइ कोसी अस्पतालको आइसोलेसनबाट कोभिड रेफर गरिएको थियो ।

चिकित्सक  सिग्देलका अनुसार उच्च रक्तचाप र मोटोपनको समस्या भएकी ४४ वर्षीय महिलाको आज साँझ उपचारको क्रममा मृत्यु भएको हो । उनले महिलामा विगत ५ दिनदेखि ज्वरोको लक्षण रहेको जानकारी दिए ।