धरान: ईलाका प्रहरी कार्यालय धरानले चोरी भएको र हराएको ३ थान मोवाइल फेला पारी मोवाइल धनीलाई बुझाएको छ।

विभिन्न समयमा हराएको मोवाइलका धनीलाई हिजो बिहिबार ईलाका प्रहरी कार्यालय धरानमा नै बोलाएर प्रहरी निरीक्षक हेमराज वलीले मोबाइल बुझाएका हुन् । आफुहरुले माया मारी सकेको मोवाईल भेटाईदिएकोमा मोबाइल धनीहरुले प्रहरीलाई धन्यवाद दिएका थिए । मोवाइल धनी मोहन श्रेष्ठले बाटोमा मोबाइल हराएको बताए । यस्तै, विष्णु बराल र प्रियङ्का पराजुलीको मोबाइल घरको झ्यालबाट राती चोरी भएको थियो ।

mobile1

उनीहरुले ईलाका प्रहरी कार्यालय धरानका करिव १५ दिनअघि आईएमईआई नम्बर सहित निवेदन दिएका थिए । उक्त आइएमईआई नम्बरको आधारमा खोजी गरी माबाईल फेला परेको ईलाका प्रहरी कार्यालयका प्रमुख डीएसपी ज्ञानेन्द्र बस्नेतले बताए । डिएसपी बस्नेतका अनुसार निवेदन दिएका मोवाइलहरु अधिकांश फेला पर्ने गरेको छ । मोबाइल भेटिए पनि चोरी गर्ने वा भेटाउने अन्य ब्यक्तिलाई सस्तो मुल्यमा विक्री गर्ने गरेको उनले बताए । मोबाइल खरिद गरेको समयमा नै आईएमईआई कोड सुरक्षित राखेमा हराएको मोबाईल सजिलै भेट्न सकिने इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । चोरी वा हराएको मोवाइल जोगवनी, काकडभित्ता हुदै भारत पुर्यायो भने भेट्न मुश्किल हुनेछ ।