सुनसरी: सुनसरीको रामधुनी नगरपालिका ५ लगुना चोकमा भएको मोटरसाईकल दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ ।

हिजो शुक्रवार दिउँसो साँढे १ बजे पुर्वबाट पश्चिम तर्फ जाँदै गरेको प्रदेश १-०२-०४१ प १४१२ नम्बरको मोटरसाईकलले स्थानीय ५० बर्षीया ईन्द्र लक्ष्मी शाक्यलाई ठक्कर दिंएको थियो । ठक्करबाट घाईते भएकी शाक्यलाई उपचारको लागी वीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान पठाइएको थियो । उनको उपचारको क्रममा दिउँसो साँढे ३ बजे मत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने मोटरसाईकल र चालकलाई ईलाका प्रहरी कार्यालय पकलीले नियन्त्रणमा लिएको छ भने अन्य थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।