झापा: झापाको शिवसताक्षी नगरपालिका ८ का ३५ बर्षीय महेन्द्र शेर्माको करेन्ट लागेर मृत्यु भएको छ ।
शुक्रवार दिउँसो साँढे ३ बजे घर छेउमै रहेको पानीमा करेन्ट लगाई माछा मार्ने क्रममा अचानक आफैलाई करेन्ट लागेर उनी घाईते भएका थिए । शेर्मालाई उपचारको लागी दमकको लाईफ लाईन अस्पताल लगिएको थियो । उनलाई अस्पताल पुर्याउना साथ मृत्यु भएको चिकित्सकले जनाएका थिए । घटनाबारे थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ ।