मोरङ: मोरङको २ स्थानबाट लागुऔषध गाँजा र ट्याब्लेटसहित ४ जना पक्राउ परेका छन् ।

शुक्रवार अपरान्ह ५ बजे ईलाका प्रहरी कार्यालय केरावारीबाट खटिएको प्रहरी टोलीले गाँजासहित ३ जनालाई पक्राउ गरेको हो । गस्तिमा खटिएको प्रहरी टोलीले केरावारी १० गैह्रीगाउस्थितमा पैदल हिडिरहेका धरान १५ का १९ बर्षीय अजय तामाङ, २२ बर्षीय च्यामन राई र लेटाङ नगरपालिका ७ का १८ बर्षीय रोहन तामाङको साथबाट १ केजी गाँजा बरामद गरेको हो ।

यसैगरी ईलाका प्रहरी कार्यालय बुधनगरबाट खटिएको प्रहरी टोलीले लागुऔषध ट्याब्लेटसहित १ भारतीय नागरिकलाई पक्राउ गरेको छ । शुक्रवार दिउँसो ४ बजे भारत पिप्राहा बिष्णुपुरका १८ बर्षीय दिपेश यादव ७५ एम्पुल डाईजेपामसहित पक्राउ परेका छन् । यादवले मोटरसाईकलको सिट मुनी लुकाई राखेको अवस्थामा उक्त परिणामको लागुऔषध बरामद भएको थियो । लागुऔषध सहित पक्राउ परेका चारै जनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।