उदयपुर: उदयपुरको कटारी नगरपालिका ११ लखनथुम्काकी ५० बर्षीय डोर कुमारी राउतको खुकुरी प्रहारबाट हत्या भएको छ ।
प्रहरीले उनको हत्याका आरोपित स्थानीय २५ बर्षीय बिनोद भन्ने रोशन राना मगरलाई पक्राउ गरेको छ । शनिवार बिहान साँढे ८ बजे घरमा नै बसिरहेकी राउतलाई मगरले एक्कासी आक्रमण गरेका थिए । उनले लछार पछार गर्दै साथमा बोकेको खुकुरीले शरिरका बिभिन्न ठाँऊमा अन्धाधुन्द प्रहार गर्दा राउतको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटना लगत्तै मगर फरार भएका थिए । घटनाको जानकरी पाए लगत्तै ईलाका प्रहरी कार्यालय कटारीको टोलीले फरार रहेका मगरलाई कटारी नगरपालिका ११ हात्तीसुँडेस्थित जङ्गलबाट बिहान साँढे ११ बजे नियन्त्रणमा लिएको उदयपुर प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय कटारीले जनाएको छ ।