धरान: धरान उपमहानगरपालिका १५ नं. वडा समितिको आयोजनामा अन्तर बाल समूह स्तरिय वक्तृत्वकला प्रतियोगिताका सम्पन्न भएको छ ।
प्रतियोगिता २९ औं राष्ट्रिय बाल दिवसको अवसरमा वडा नं १५, बाल संजालको संयोजनमा आयोजना भएको हो । प्रतियोगितामा शिवगंगा बाल क्लबका मेनुका दर्जी प्रथम भइन् भने हिबिसकस बाल समूहका अनुप झा द्धितिय, नवज्योती बाल क्लवका प्रलाद भट्राई तृतीय भए । यस्तै, निराजन बाल क्लवका विवेक वि.क. सान्त्वना भएका थिए । 'बाल दिवसमा बालबालिकाको भुमिका' भन्ने बिषयमा वत्तृत्वकला प्रतियोगिता आयोजना गरिएको थियो । प्रतियोगिताको निर्णायक धरान सिटी कलेजका प्रध्यापक डीवी श्रेष्ठ रहेका थिए ।
कार्यक्रम धरान उपमहानगरपालिका १५ नं. वडा कार्यालयका वडाध्यक्ष नरेश ईवारामको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । अध्यक्ष इवारमले आजका प्रतिभावन, चरित्रवान र मेधावी बालबालिकाहरु भोलीका असल र ठूला मानिस बन्नसक्ने बताए । साथै उनले सबैले बालबालिका क्षेत्रमा लगानी गर्नुपर्ने वडाध्यक्ष ईवारामले बताए । वडा बाल संजालका अध्यक्ष विनोद रायमाझीको अध्यक्षतामा आयोजित प्रतियोगितामा विजेताहरुलाई वडाका सदस्यहरु ज्ञानेन्द्र बस्नेत, रामकाजी राई र जानुका कार्कीले प्रमाण पत्र र नगद पुरस्कार प्रदान गरेका थिए ।
प्रत्येक वर्ष भाद्र २९ गते मनाईने बाल दिवसको नारा यस वर्षको लागि विपतमा बाल अधिकारको सुनिश्चितताः हामी सबैको साझा प्रतिवद्धताको साथ मनाइएको हो । बाल अधिकार महासन्धी १९८९ लाई १४ सेप्टेम्बर लाई नेपालले १९९० मा अनुमोदन गररेको थियो । हरेक वर्ष भदौ २९ गते नेपालमा राष्ट्रिय बाल दिवस मनाउने गरिएकोछ ।