धरान: बाल दिवसको अवसरमा इटहरीका लायन्स क्लवले राहत वितरण गरेको छ ।
लायन्स क्लव अफ इटहरी स्मार्ट सिटि र लायन्स क्लव अफ इटहरी प्रोफेसनले संयुक्त रुपमा राहत वितरण गरेको हो । उनीहरुले धरान पोजिटिभ समुह अन्र्तगत रहेको एचआइभी संक्रमित तथा प्रभावित बालावालिकाहरुको दश परिवारलाई राहत वितरण गरेका हुन । राहत स्वरुप उनीहरुले १५ केजी चामल, १ केजी दाल, नुन, न्युटेला, भुजा र बालवालिकालाई खाजा वितरण गरका थिए ।
इटहरी लायन्सले धरानमा आएर धरानेका लागि राहत उपलव्ध गराएकोमा कार्यक्रमका प्रमुख अतिथि ड्रिस्ट्रिक ३२५ एवान चिफ टे्रनिङ्ग पुल धिरज गुरुङ्गले धन्यवाद दिएका थिए । सामाजिक कार्यमा लायन्स इटहरी स्मार्ट सिटि सुनसरीमा अग्रपंङ्गितमा रहको उनले बताए । लायन्स क्लव अफ धरान विजयपुरका पुर्व अध्यक्ष तथा टिम एरिया लिडर रेखा गुरुङ्गको पहलमा राहत उपलव्ध भएको थियो ।
लायन्स क्लव स्थापना भएको एक सय ४ वर्ष पुगेको अवसरमा लायन्स इटहरी स्र्माट सिटिले यो वर्ष १ सय ४ सामाजिक कार्य गर्ने लक्ष्य अनुसार धरानमा राहत वितरण गरिएको लायन्स इटहरीका अध्यक्ष लक्ष्मी बराल गौतमले बताइन् । कार्यक्रममा लायन्स इटहरी प्रोफेसनलका अध्यक्ष सुमन तिम्सिना, जिवन विज्ञान प्रदेश १ संयोजक वालिका भट्टराई, धरान पोजिटिभ समुहका अध्यक्ष खगेन्द्र खड्का लगायतको उपस्थिति रहेको थियो ।