इटहरीः इटहरी प्रहरीले अवैध लागु पदार्थ ब्राउन सुगरसहित एक युवालाइ पक्राउ गरेकाे छ ।
पक्राउ पर्नेमा इटहरी ५ का २३ वर्षीय सुजन कार्कीढाेली रहेकाे प्रहरी निरिक्षक मान बहादुर श्रेष्ठले जानकारी दिएका छन् । श्रेष्ठका अनुसार पक्राउ परेका युवाकाे साथबाट स साना १६ पाेका ब्राउन सुगर फेला परेकाे छ । जसकाे परिमाण २.८२ ग्राम हुन्छ । उनले उक्त लागुऔषध चुराेटकाे बट्टामा हालेर राखेकाे प्रहरीले बताएकाे छ ।
उनलाइ प्रहरीले हिजाे दिउँसाे ३ः३० बजे संकास्पद अवस्थामा भेटेपछि खानतलासी लिएकाे थियाे । नभन्दै पाइन्टकाे पछाडीकाे खल्टिमा राखेकाे चुराेटकाे बट्टाभित्र ग्राहकलाइ बेच्न ठिक्क पारेकाे ब्राउन सुगर भेटेपछि प्रहरीले पक्राउ गरि अाज जिल्ला अदालत सुनसरीबाट म्याद थप गरेकाे छ । निजकाे लागुपदार्थ काराेवार गर्ने गिराेहसँग सम्पर्क रहेनरहेकाे बारे प्रहरीले अनुसन्धान थालेकाे प्रहरी निरिक्षक श्रेष्ठले जानकारी दिए ।