सुनसरी: इटहरीमा मंगलबार साँझ थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमितहरुमा ८ महिनाको बालक पनि छन् । भदौ २६ र २७ गते स्वाब संकलन गरिएकाहरुमध्ये २० जनाको रिपोर्ट पोजेटिभ आएको हो । साँझ आएको रिपोर्ट अनुसार वडा ९ का ८ महिनाको बालक र १९ बर्षीय महिलामा संक्रमण पुष्टि भएको छ । यस्तै, इटहरी वडा नं ४ का ३३ बर्षीय पुरुष, वडा ५ का ४२ र ४६ बर्षीय पुरुष, वडा १० का २७, ६५ र ७० बर्षीय पुरुष, वडा १३ का १८ र ४५ बर्षीय पुरुष छन् । यस्तै, इटहरी वडा १६ का ४४ बर्षीय पुरुष, वडा १९ का ५५ बर्षीय पुरुष, वडा २० का ३७ बर्षीया २ जना महिला र ३० बर्षीय पुरुषमा पनि संक्रमण देखिएको छ ।

यस्तै, सशस्त्र प्रहरीका ३३ र ३८ बर्षका प्रहरी पनि संक्रमित छन् भने इलाका प्रहरी कार्यालयका २४ बर्षीय प्रहरी र ३५ बर्षीया महिला प्रहरीको पनि रिपोर्ट पोजेटिभ आएको छ । यसैगरि, सुन्दरहरैचा ५ का ३० बर्षीय पुरुषको पनि रिपोर्ट पोजेटिभ आएको हो । इटहरीमा हालसम्म संक्रमण पुष्टी भएको संख्या ३५० पुगेको इटहरी उपमहानगरका प्रेस संयोजक लिलाराज भट्टराईले जानकारी दिएका छन् ।