धरान: धरान १६ मा एक युवतीले झुण्डिएर आत्महत्या गरेकी छिन् ।

जोरसखुवास्थित मावली हजुबा, हजुरआमासँगै बस्दै आएकी २२ बर्षीया अप्सना परियारले हिजो राती झुण्डिएर आत्महत्या गरेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतले जानकारी दिए । घटना मुचुल्का गरेर शव पोष्टमार्टमको लागि लगिएको पनि उनले बताए ।

घटना धरान १६ का वडाअध्यक्ष दिलकुमार गिरीको घर नजिकै पर्छ । अध्यक्ष गिरीका अनुसार मृतक सानै उमेरदेखि मावलीमा बसेकी थिइन् । हिजो राती करिब ९ बजेतिर कोठामा पंखामा सलले झुण्डिएको अवस्थामा भेटिएको अध्यक्ष गिरीले बताए । ‘उनको आमा पनि नजिकै बस्ने भएकोले हिजो बेलुकी खाना खान बोलाएपछि हजुरबा, हजुरआमा सबै त्यता गएका रहेछन्, अप्सरा चै घरमै बसेको रहेछ,’अध्यक्ष गिरीले भने,‘राती ९ बजेतिर फर्कदा कोठामा झुण्डिरहेको अवस्थामा भेटेछन् ।’