धरान: चार वर्षे कार्यकाल पूरा गरी नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट भदौं २८ गते विदा भएका कुलमान घिसिङलाई पुनः नियुक्तीको माग राख्दै शुक्रबार पनि धरानमा प्रदर्शन भएको छ ।

सामाजिक अभियन्ता हर्क साम्पाङको नेतृत्वमा कुलमानको पक्षमा प्रदर्शन भएको हो । धरान १८ बुद्धचोकबाट निकालिएको ¥याली, सैनिक चोक, पानी ट्याङकी, छाताचोक हुँदै भानुचोकमा आएर कोणसभामा परिणत भएको थियो । हातमा प्ले कार्डसहित ¥यालीमा सहभागीहरुले सरकार विरुद्ध चर्को नाराबाजी गरेका थिए । ‘तिन करोड नेपाली जनता के भन्छ ? कुलमान घिसिङलाई ले भन्छ’, ‘उज्यालो विरोधी, होसियार’ जस्ता नारा लगाएका थिए ।

भानुचोकको कोणसभालाई सम्बोधन गदै सामाजिक अभियन्ता साम्पाङले कुशल व्यवस्थापक कुलमानलाई प्राधिकरणमा पुनः नियुक्त गरेर नेपाली जनताको चाहानालाई पूरा गर्न सरकारसंग माग गरे । उनले कुलमानको पुनः नियक्तीको लागि नियमावली बाधक भएको हो भने संशोधन गरेरै भएपनि पुनः नियुक्त गर्नुपर्ने बताए । ‘कुलमानलाई फेरी चार वर्ष कार्यकाल थपिदिउँ न भन्दा यो सरकारले नियमावलीले दिदैन, कार्यविधिले छेक्छ भन्दैछ । कुन चै नियमावली छ, जुन नेकपाको सरकारले संशोधन गर्न सक्दैन ? नेपालको झण्डा र देशको नाम बाहेक सबै संशोधनीय छ’अभियन्ता राईले आक्रोश पोख्दै भने,‘उसले (सरकार)ले एउटा विधेयक पारित गरेर ऐन पास गरेर कुलमानलाई पुनः चार वर्ष कार्यकाल थपिदियो भने सबै नेपाली जनता खुशी हुन्छन्, यसरी आन्दोलन नै गर्नुपदैन ।’ उनले चुनाब हारेका नेताहरु यो देशमा प्रधानमन्त्री समेत बनिसकेको स्मरण गराउदै कुलमानलाई पुनः नियुक्त गर्न मिल्दैन भन्नु सरकारको लाचारीपना भएको टिप्पणी गरे ।

kulman2 1

अबौं घाटामा पुगेको प्राधिकरणलाई नाफामुखी बनाउने कुसल व्यवस्थापक कुलमानलाई प्राधिकरणमा पुनः नियुक्त गर्नुको कुनै विकल्प नरहेको पनि उनले बताए । ‘उहाँ(कुलमान)जस्तो सच्चा कुशल व्यवस्थापक कर्मचारी पाउनु भनेको तपाई हामी नेपालीको लागि गर्वको कुरा हो,’उनले भने,‘त्यसैले उहाँ (कुलमान)ले छोड्नु भएका अधुरा कामलाई पूरा गर्न पुनः नियुक्ती गर्नुपर्छ भन्ने मात्र तीन करोड नेपाली जनताको माग हो ।’ कुलमानको पुनः नियुक्तीको लागि नेपाली जनता स्वस्फुर्त रुपमा सडकमा उत्रिएको बताउदै सरकारले माग सम्बोधन नगरे आन्दोलनलाई जारी राख्ने बताए ।

यस्तै, अर्का वक्ता सरिन तामाङले आफुहरुले कुनै राजनीतिक माग राखेको नभई कुलमानलाई प्राधिकरणमा पुनः नियुक्ती दिइओस् भनेर मात्र बाध्य भएर आन्दोलित हुनुपरेको बताइन् । ‘यो कुनै राजनीतिक माग होइन । कुलमानलाई पुनः नियुक्ती दिइयोस् भनेको जनताको माग हो’ उनले भने ‘जनताले न्याय माग्दा पनि नदिनु भनेको यो सरकारको लाचारीपना हो ।’

kulman3 1 kulman4 1 kulman6 1