झापा: झापाको गौरदह ९ बैगुनधुराबाट दुई जना लागुऔषधसहित पक्राउ परेका छन ।

पक्राउ पर्नेमा गौरदह ३ का २२ बर्षीय राजेश महतो र २७ बर्षीय प्रमानन्द राजबंशी रहेका छन् । प्रहरी चौकी माहाभाराबाट गस्तीमा खटिएको प्रहरी टोलीले मोटरसाईकलमा आएका दुबै जनालाई हिजो शनिबार राती पौने ११ बजे नियन्त्रणमा लिएको थियो । नियन्त्रण पश्चात उनीहरु माथी चेकजाँच गर्दा १५८ बोतल ईस्कफ लागुऔषध फेला परेको ईलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ। पक्राउ परेका दुबै बारे थप अनुसन्धान भइरहेको र कानुनी कारबाही अगाडी बढाईएको उक्त कार्यालयले जनाएको छ ।