धरान: सुनसरीको भोक्राहा नर्सिङबाट दुई युवा ठुलो मात्रामा लागुऔषधसहित पक्राउ परेका छन् ।
लागुऔषध कारोबार भइरहेको सुचनाको आधारमा प्रहरीले हिजो छापा मार्दा भोक्राहा नर्सिङ ४ चिरौली नहरबाट २० बर्षीय जमाल अन्सारी र २२ बर्षीय प्रविणकुमार उरावलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट डाइलक्स डिसि १०० एमलको १०७ बोतल वरामद भएको छ भने नाइट्राभेट १ सय पत्ता(३ हजार ट्याब्लेट), स्पास्मोप्रोक्सिभन प्लस ६९६ क्याप्सुल पनि वरामद भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
पक्राउ परेका दुवैलाई लागुऔषध नियन्त्रण ऐन २०३३ वमोजिम कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ । उनीहरुलार्य जिल्ला अदालत सुनसरीबाट ७ दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको पनि जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।