इटहरीः विगत दुइ दिन अघिसम्म परेको अविरल पानीले. इटहरी उपमहानगरपालिकाको गेटै अगाडी जलमग्न भयो । यो समस्या नौलो नभइ वषौँ पुरानो हो ।

थोरै पानीले पनि निकास नपाउँदा नगरको नाकै अगाडी भएको जलमग्नको तस्बिर सामाजिक सँजालमा छरपस्ट भए र कर्मचारी तथा जनप्रतिनिधि आलोचनाको तारो बने । तर, समस्या किन समाधान हुँदैन ? प्रश्न अनुत्तरित नै रहन्छ । आखिर यो समस्या किन सल्ट्याइदैन ?

यो समस्या हिजो आजको भने होइन । वर्षौ देखि यस्तै समस्या झेल्दै आइरहेपनि यसको दीघो सामाधानका लागि कतैबाट पहल नभएको भन्ने पक्का हो । तर, यो पटक नगरपालिकाले यसको दीगो समाधानका लागि पहल गरिरहेको दाबी गरेको छ । इटहरी उपमहानगरपालिकाका इन्जिनियर जीवन  घिमिरेले नगिरपालिको गेटको दाहिनेतर्फ बन्दै गरेको पब्लिक ट्वाइटेलट र गेट अगाडी जम्ने पानीको दोहोरो सम्बन्ध रहेको बताए । उनका अनुसार ट्वाइलेटसँगै बन्ने उक्त ड्रेनले यसको दीर्घकालिन उपाय सुझाएको छ र यो केहि महिना भित्रै समस्या समाधान हुन्छ । अर्थात, आउँदो वर्षामा नगरपालिकाको गेट अगाडी जलमग्न भएको तस्बिर पक्कै देख्न पाइनेछैन ।

यो काम अघिल्लै साल सक्ने लक्ष्य रहेपनि काम ढिला हुँदा जनप्रतिनिधिले गाली पक्कै खाए । तर, इन्जिनियर घिमिरेले दिएको जानकारी अनुसार अब अर्को साल जनप्रतिनिधिले गाली खानुपर्दैन भने सेवाग्राहीलाई नगरको सेवा लिन कार्यालयसम्म आउन कुनै समस्या छैन । ‘करिब ६ महिना भित्र यो काम सकिदैछ ।’ इन्जिनियर घिमिरेले भने – ‘अहिले पानी जमेको ठाउँबाट निकासको समस्या होइन, ठाउँ होचो भएर मात्र पानी केहि क्षण जम्न पुुगेको हो ।’

हाइवेको ड्रे्नको हाइट अग्लो हुँदा र गेटतर्फको भाग होचो हुँदाको परिणाम एक दुइ घण्टा पानी जम्ने गरेको उनको भनाई छ । ‘वर्षाको भेल बग्ने उचित निकास भएको हुँदा शौचालयसँगै बन्ने ड्रेन र उठाइने अग्लो भागले यो समस्या कुनै हालतमा दोहोरिदैन,’ घिमिरेले भने ।