धरान: सुनसरी र मोरङबाट प्रहरीले लागुऔषधसहित २ जनालाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार सुनसरीको हरिनगरा ६ का बर्षीय जिवराईल अन्सारी लागुऔषधसहित पक्राउ परेका छन् । अन्सारीलाई गत सोमबार ईटहरी ६ स्थित हङकङ मार्केटको एरियाबाट पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ । अन्सारीले अबैध लागुऔषधको कारोबार गर्ने गरेको सुचनाको आधारमा प्रहरीले निगरानी बढाएको थियो । उनलाई साँझ सवा ५ बजे नियन्त्रणमा लिईएको प्रहरीको भनाई छ । अन्सारीले बोकेको झोला चेकजाँच गर्दा १६ सय नाइट्रोसन ट्याब्लेट पनि वरामद भएको जिल्ला प्रहरी कार्यालय सुनसरी जनाएको छ ।
यसैगरि, प्रहरीले मोरङको दरैयाबाट ३६ बर्षीय दिपक तामाङलाई पनि लागुऔषधसहित पक्राउ गरेको छ । उनलाई हिजो साँझ पौने ७ बजे मोटरसाईकलमा सवार रहेको बेला चेकजाँच गर्दा लागुऔषध वरामद भएपछि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । उनको साथबाट स्पास्मो १० चक्की , नाइट्रोभेट १० चक्की र डाइलक्स डिसि ३ बोतल बरामद गरिएको मोरङ प्रहरीले जानकारी दिएको छ । लागुऔषधसहित पक्राउ परेका दुबै जनामाथि आवश्यक कानुनी कारबाही अघि बढाइएको सम्बन्धित प्रहरी कार्यालयले जनाएको छ ।