धरान: धरानमा आज दुई जना जनप्रतिनिधिसहित ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमण पुष्टि भएकाहरुमा दुई जना कार्यपालिका सदस्य छन् भने धरान उपमहानगरपालिकामा कार्यरत अधिकृतहरु पनि छन् । स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार ३३ जनाको स्वाब संकलन गरिएका र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सिधै स्वाब दिएकाहरुको गरि कुल ३० जनाको रिपोर्ट पोजेटिभ आएको हो । कोरोना संक्रमित जनप्रतिनिधिमा एक जना वडा नं ३ का सदस्य र वडा नं १२ सदस्य पनि रहेका छन् ।

कोरोना पोजेटिभको संख्या बढ्दै गएपछि के गर्ने भनेर धरान उपमहागनरपालिकाका मेयर तिलक राई र उपमेयर मञ्जु भण्डारी सुवेदी छलफल गरिरहेका छन् । ‘अब के गर्ने भनेर छलफल गर्दैछौं,’मेयर राईले भने ।