धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति डा.ज्ञानेन्द्र गिरी कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा बसेका डा.गिरीको आज पिसिआर रिपोर्ट नेगेटिभ आएको हो ।
उनलाई गत भदौ २९ संक्रमण पुष्टि भएको थियो । सामाजिक सञ्जाल फेसबुकमार्फत आफु संक्रमणमुक्त भएको जानकारी दिदै गिरीले भोली बुधबारदेखि कार्यालयको नियमित काममा फर्कने बताएक छन् । उनले कोरोनाको नजिक जान नदिन, लक्षणविहीन कोरोना लागिनै सक्यो भने पनि त्यसलाई बढ्न नदिन गर्नुपर्ने सम्पूर्ण प्रयासहरू गर्न पनि आह्वान गरेका छन् ।