विराटनगरः प्रदेश १ को राजधानी समेत रहेको विराटनगरमा बढदो भिडले कोरोना निम्त्याइरहेको सँकेत गरेको छ ।
लकडाउन र निषेधाज्ञाको बिचमा बढिरहेको कोरोनाको ग्राफलाई जनजीवन समान्य भएसँगै थप टेवा पुुगेको प्रष्ट भएको छ । अहिले विराटनगरका मुुख्य तथा भित्रि बजारमा किनमेल गर्ने सर्वसाधारणको भिड लाग्न थालेको छ । विगतमा दशै तिहार, छठ लगाएतका पर्वका लागि आवश्यक किनमेलमा सीमावती भारतीय बजार जोगवनी जाने चलन रहेपनि सीमानाका बन्द भएका कारण नेपाली बजारमा चहलपहल देखिएको स्थानीय कुलदीप घिमिरे बताउँछन् । उनका अनुसार अहिले कोरोनाको अवस्था उच्च भएसँगै बजारमा धेरै हेलचेक्राइ बढेको छ ।
विराटनगरकै स्थानीय देवी भण्डारीले समुुदायमा कोरोनाको अवस्था सामान्यतर्फ उन्मुख नभएपनि बजारमा मानिसको आवतजावत हेर्दा कोरानोको कुुनै डर नभएको दृष्य देखिएको बताए । ‘सर्वसाधारण निस्फिक्रि किनमेलका लागि हिँडिरहेका छन्,’उनले भने,‘अधिकाँशले मास्क नलगाएको पाइएको छ । कतिपयले गलत किसिमले मास्कको प्रयोग गरेको पाइएको छ ।’ उनले आवश्यकीय काममा निस्किएका स्थानीय भने कोरोनाको डर नघटेको बताउँछन्
झण्डै एक महिना विराटनगर महानगरपालिकाले पछिल्लो पटक लकडाउन गर्यो भने जिल्ला प्रशासनले निषेधाज्ञा जारी गर्यो । दशैँ, तिहार, छठ लगाएका महत्वपुुर्ण पर्व नजिकिन थालेपछि आर्थिक जीवन चलायमान बनाउने भन्दै दुबै सरकारी तहले लकडाउन र निषेधाज्ञा हटाएको घोषणा गरे । उच्च जनघनत्व रहेको शहरमा मानिसको आवतजावत बाक्लो भएपछि कोरोना नियन्त्रण गर्न मुस्किल हुने देखिएको छ भने यस्तो अवस्थामा सर्वसाधारण आँफै सचेत हुनुको विकल्प नभएको बताउँछन् अर्का स्थानीय वालकृष्ण चाधरी ।
चिकित्सकहरुले पछिल्लो समय समुदायमा कोरोना व्यापाक रुपमा फैलिएको दाबी गरेका छन् । मानिसको बढ्दो चहलपहलसँगै कोरोनाबृद्धि भएको भन्दै सचेत रहन कम्युनिटी फिजिसियन एक्स्पर्ट डाक्टर सुुर्य पराजुली । उनले बढ्दो भिडले कोराना सँक्रमितको सँख्या बढाइरहेको भन्दै जोगिनू नै बुद्धिमानी भएको बताउँछन् । प्रदेश एकमा विहिवार मात्रै थप १ सय ८२ सँक्रमित थपिएका छन् भने १ सय ७४ जना डिस्चार्ज भएका छन् । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६ हजार ९८० पुगेको छ भने डिस्चार्ज हुनेको सँख्या ३ हजार २ सय २६ रहेको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ । प्रदेश १ मा हालसम्म ६० कोरोना सँक्रमितको मृत्यु भएको छ ।