विराटनगरः कोभिड केस दिनदिनै बढ्दै जान थालेपछि सामुुदायिक स्वास्थ्य क्षेत्रका विज्ञहरुले समुदायमा ढुुक्क भएर हिँड्नसक्ने अवस्था नभएको बताएका छन् ।

कम्यूनिटी फिजिसियन एक्स्पर्ट रहेका विराटनगरका चिकित्सक डा.सुुर्य पराजुलीले अहिले विराटनगर लगाएतका स्थानमा सर्वसाधारणको निस्फिक्रि हिँडाइले कोरोना नभएको जस्तो सँकेत गरिरहेपनि अवस्था त्यस्तो नभएको बताए । ‘कोरोनाको अनुुसन्धान गरिरहेका बैज्ञानिकहरुले दोस्रो चरणको सँकट पुनः दोहोरिन सक्ने चेतावनी दिइरहेका छन् ।’ उनले भने ‘’यस्तो बेला हामी सतर्क हुनुपर्ने हो । तर, दृष्य फरक देखिँदै छ । हाम्रै कारणले सँकट नआउला भन्न सकिन्न ।’

उनले कयौँ मानिसलाई काेरोना सरिसकेको दाबी गरे । बजारमा चाडपर्व नजिक आइरहेको भन्दै किनमेलमा भिड गर्दा त्यसले भिडको अनुुपातमा कोरोनाको सँक्रमण द्रुत गतिमा फैलिरहेको उनको भनाई छ । ‘यस्तो बेला सबै तहका सरकारले स्पष्ट मापदण्ड बनाएर उपचार विधि अपनाउनतर्फ लाग्नुपर्छ । मुख्य कुरा पब्लिकमा जनचेतना चाहिन्छ नै । कोरोनालाई समान्य आँक्नै हुन्न ।’ पराजुलीले भने ।

मासमा कोरोना पुगिसकेको हुँदा सामान्य उपचार नपाएर पनि मानिसको ज्यान जाने अवस्था आउन नदिनका लागि पब्लिक प्राइभेट पार्टनरसीपमा प्रोपर उपचार गर्ने पद्धतीको विकास गरिहाल्न ढिला गर्न नहुने उनकोभनाई छ । हिजो विदेशमा सुनेजस्तो अवस्था अन नेपालमा नआउला भन्न नसकिने भन्दै सरकार र सर्वसाधारण गम्भिर बन्न उनको आग्रह छ । शुुक्रवार मात्र प्रदेश १ मा १ सय ९७ जना थप कोरोना सँक्रमित थपिएका छन् । हालसम्म ७ हजार सँक्रमित नाघेका छन् भने ३३ सय ८८ जना सँक्रमणमुक्त भएका छन् । प्रदेश १ मा ६१ व्यक्तिको कोरोना सँक्रमणका कारण ज्यान गएको छ ।