सुनसरी: सुनसरीमा प्रहरीले लागुऔषधसहित ३ जना पक्राउ गरेको छ ।

ईनरुवा ३ स्थित राजमार्ग एरियाबाट लागुऔषधसहित दुई जना पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पक्राउ पर्नेमा सुनसरी दुहबी १०का २६ बर्षीय दिपक कुमार यादब र हरिनगर ६ का ३४ बर्षीय सहिद मिया रहेका छन् । पक्राउ परेका दुबै जनाले राजमार्ग छेउको झाँडीमा लागुऔषध लुकाएर राखिरहेको भन्ने सुचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले शनिबार पक्राउ गरेको हो ।
उनीहरुलाई नियन्त्रणमा लिएपछि लुकाउदै गरेको बोरा चेकजाँच गर्दा १४० बोतल DIALEX-DC, ३९६० क्याप्सुल SPASMO-PROXYVON plus र १३५० Nitra vet ट्याप्लेट वरामद भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

यस्तै, सुनसरीकै कोशी गाँउपालिका ३ नहर चोकबाट २८ बर्षीय कमरुदिन मिया पनि लागुऔषध सहित पक्राउ परेका छन् । विशेष सुराकका आधारमा उनलाई पनि हिजो शनिबार नै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । मियाले बोकेको झोला खोलेर चेकजाँच गर्दा ४५ बोतल DIALEX-DC र ३२८ क्याप्सुल SPASMO-PROXYVON plus फेला परेको प्रहरीले जनाएको छ । लागुऔषधसहित पक्राउ परेका तिनै जनामाथि थप अनुसन्धान तथा कानुनी कारबाही अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।