धरान: जर्बजस्ती करणी गरेर बिषादीसमेत खुवाई ज्यान मार्ने प्रयास गरेर फरार भएका एक व्यक्ति पक्राउ परेका छन् ।
मोरङको ग्रामथान गाउँपालिका वडा नं १ लखनतरीका ३० बर्षीय बिकास कुमार खाँलाई प्रहीले पक्राउ गरेको हो । उनलाई ईलाका प्रहरी कार्यालय ईटहरीको सक्रियता र जिल्ला प्रहरी कार्यालय मोरङको सहयोगमा उनकै गाँउघरबाट शनिबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरील जनाएको छ । पक्राउ परेका खाँलाई हिजो जिल्ला अदालतबाट म्याद थपसमेत भइसकेको छ ।
खाँले २०७६ फागुन २२ गते ईटहरी उपमहानगरपालिका वडा नं. २ तालतलैया पार्कको जंगलमा २२ बर्षीय एक युवतीलाई करणी गरेको प्रहरीको भनाई छ । ती युवतीलाई खाँले विवाह गर्छु भनेर ललाईफकाई जबरजस्ती करणी गरेको र बिषादी समेत खुवाई ज्यान मार्ने कोशिस गरेर फरार भएको प्रहरीले जनाएको छ ।