धरान: पहिरोको कारण विस्थापित भएका धरानको वडा नं २० विष्णुपादुकास्थित आपटारका ७ परिवारलाई रोटरी रोटरी क्लब अफ धरान घोपाले राहत प्रदान गरेको छ ।

क्लबले आज सोमबार विस्थापित परिवारलाई दैनिक उपभोग्य सामग्री प्रदान गरेको हो । विस्थापित परिवारलाई ५ वटा ग्याँस चुल्हा, ३ लिटरको २ वटा प्रेसर कुकर, ७ वटा प्लास्टिकको बाल्टी सहयोग गरिएको क्लबका अध्यक्ष तथा उधोग वाणिज्य संघ सुनसरीका महासचिव राजेश अग्रवालले जानकारी दिए । पहिरोबाट विस्थापति ५ परिवारमा ग्यास चुल्हा थिएन भने २ परिवारमा कुकर थिएन । यसबारेमा जानकारी पाएपछि ती सामग्री सहयोग स्वरुप प्रदान गरिएो उनको भनाई छ ।

क्लबले १४ प्याकेट चिउरा समेत सहयोग गरेको छ । कुल १४ हजार बराबरको सामाग्री सहयोग गरिएको क्लबले जानकारी दिएको छ । सहयोग कार्यक्रममा नेकपाका जिल्ला नेता प्रकाश राई, धरान २० का अध्यक्ष मणिराम राई, क्लबका सचिव सन्तोष अग्रवाल, सदस्य रोहन हाडा, व्यवसायी वसन्त राई लगायत उपस्थित थिए ।