धरान: प्रहरीले झापा र सुनसरीबाट ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ ।

भारत घर भई झापाको बिर्तामोड ९ नरियाबारीमा डेरा गरी बस्दै आएका कृष्ण रायलाई प्रहरीले ब्राउनसुगर सहित पक्राउ गरेको हो । उनलाई हिजो साँझ ६ बजे बिर्तामोडस्थित सैनिक मोडबाट ६ ग्राम ५०० मिलीग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

यसैगरी, सुनसरीको ईटहरी ५ का २३ बर्षीय प्रविण राईलाई पनि प्रहरीले ब्राउनसुगर सहित पक्राउ गरेको छ । उनलाई पनि हिजो अपरान्ह ५ बजे ईटहरीमा रहेको एक खाजा घर(होटल)बाट नियन्त्रणमा लिईएको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ ।

राईलाई नियन्त्रणमा लिएसंगै उनलाई चेकजाँच गर्दौ कोठा समेतमा खानतलासी गर्दा प्लाष्टिकमा पोका पारेर लुकाएको अवस्थामा ३८ ग्राम ४० मिलिग्राम ब्राउनसुगर बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । साथै राईको साथबाट नगद १ लाख ५० हजार समेत बरामद गरिएको छ । दुबै जनामाथि ईलाका प्रहरी कार्यालय अनारमनी झापा र ईलाका प्रहरी कार्यालय ईटहरीबाट कानुनी कारबाही अगाडी बढाईएको छ ।