धरान: विभिन्न वहानामा लिएको ऋण फिर्ता गर्न पैसा नभएको चेक दिएर ठगी गर्दै हिड्ने इटहरीका एक व्यक्ति पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा इटहरी उपमहानगरपालिका ९ भोजपुरे टोलका भोजपुरे ज्वेलर्सका सञ्चालक ३५ बर्षीय माधव रिसाल रहेका छन् । उनले विभिन्न मानिसहरुबाट नगद पैसा लिएको र पैसा नभएको खाली चेक दिएर ठगी गरेको अभियोग छ । रिसाललाई ईलाका प्रहरी कार्यालय ईटहरीले हिजो ईनरुवा ३ सखुवागाछि एरियामा लुकिछिपि बस्दै आएको अवस्थामा पक्राउ गरेको हो । उनलाई मुलुकी अपराध (संहिता) ऐन २०७४ वमोजिम ठगी गरेको अभियोगमा कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।