धरान: भारतबाट अवैधरुपमा नेपाल भित्र्याइरहेको पटकासहित २ व्यक्ति पक्राउ परेका छन् ।
हिजो बिहिबार इलाका प्रहरी कार्यालय इटहरीको टोलीले इटहरी ५ स्थित खाद्य गोदाम नजिकै चेकजाँच गर्दा अतिसवाजी(पटका)सहित २ व्यक्ति पक्राउ परेका हुन् । पक्राउ पर्नेमा कोशी गाउँपालिका ६ श्रीपुरका २७ बर्षीय समिर मियाँ र १९ बर्षीय आलम मियाँ रहेका छन् । उनीहरुको साथमा रहेको बोरा र कार्टुन चेकजाँच गर्दा ६७ बण्डल पटका वरामद भएको प्रहरीले जनाएको छ । एक बण्डलमा ५० प्याकेज पटका हुन्छ ।
चाडपर्व नजिकिदै गर्दा भारतबाट अवैधरुपमा पटकालगायत सामग्रीहरु भित्रिन शुरु भएको छ । पक्राउ परेका दुवैलाई मुलुकी अपराध (संहिता) २०७४ वमोजिम सुनसरी जिल्ला अदालत इनरुवाबाट ५ दिन म्याद थप गरि अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।