धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपतिका प्रेस संयोजक एवं पत्रकार शिशिर राईसहित आज २ जना पत्रकारलाई पनि संक्रमण पुष्टि भएको छ ।

आज साँझ पोजेटिभ रिपोर्ट आएका ७१ जनामध्ये २ जना धरानका पत्रकार हुन् । ती मध्ये एक जना प्रतिष्ठानका उपकुलपति डा.ज्ञानेन्द्र गिरीका प्रेस संयोजक राई हुन् । उपकुलपति कार्यालयमा कार्यरत एक कर्मचारीलाई यसअघि संक्रमण पुष्टि भएपछि कन्ट्याक ट्रेसिंगको आधारमा उनको पनि स्वाब संकलन भएको थियो । कर्मचारीमा संक्रमण देखिएपछि उपकुलपति कार्यालय र रेक्टरको कार्यालय सिल गरिएको थियो । पत्रकार राईले आफु होम आइसोलेसनमा नै रहेको र स्वास्थ्य अवस्था सामान्य रहेको बताए ।