खोटाङ: खोटाङ दिक्तेल रुपाकोट मझुवागढी ६ का २९ बर्षीय पातल सिंह राईको अरिङ्गालले टोकेर मृत्यु भएको छ ।

हिजो जंगलमा घाँस काट्न गएका राईलाई एक्कासी अरिङ्गालले शरिरका विभिन्न भागमा टोक्दा वेहोस भएका थिए । अरिङ्गालले टोकेर वेहोस भएका राईको जिल्ला अस्पताल खोटाङमा उपचारको क्रममा आज बिहान ११ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।