धरान: धरानमा आज विभिन्न क्षेत्र एवं वडाका गरि ८६ जनाको पिसिआर रिपोर्ट पोजेटिभ आएको छ ।
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ल्याबमा गरिएको परिक्षणमा ८६ जनाको रिपोर्ट पोजेटिभ आएको हो । ती मध्ये पनि ४ जनाको पुनः रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिए । उनका अनुसार शिक्षा महाशाखाका कर्मचारी, मेयरका सहयोगीलाई पनि संक्रमण पुष्टि भएको छ । यस्तै, एक सञ्चारकर्मीलाई पनि संक्रमण देखिएको छ ।