धरान: धरानका थप एक कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु भएको छ ।
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचारको क्रममा धरान वडा नं २ का ८९ बर्षका वृद्धको मृत्यु भएको हो । सहप्रवक्ता डा.आशिष श्रेष्ठका अनुसार उनको हिजो राती ११ बजे मृत्यु भएको थियो । उनलाई असोज २३ गते कोभिड पुष्टि भएको थियो भने सोही दिन प्रतिष्ठानमा भर्ना गरिएको थियो ।