सुनसरी: सुनसरीको अलग अलग स्थानमा भएको दुर्घटनामा परेर ३ जनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार सुनसरी भोक्राहा नर्सिङ १ स्थित राजमार्गमा प्रदेश न.२(०१(००१ प १६०७ नम्बरको मोटरसाईकलले पैदल यात्री ६५ बर्षीय सोकील मियालाई ठक्कर दिदा उनको मृत्यु भएको छ । हिजो विहान पौने १० बजे बाटो क्रस गर्ने क्रममा मोटरसाईकलले ठक्कर दिएर गम्भिर घाईते भएका सोकीललाई उपचारको लागि न्युरो अस्पताल बिराटनगर लगिएको थियो । उनको त्यही उपचारको क्रममा साझँ साढे ७ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
यसैगरी हिजो अपरान्ह सवाँ ४ बजे सुनसरी दुहबी कदमगाछीस्थित राजमार्गमा मे १ ख २४९८ नम्बरको डिजल बोकेको ट्याङकरले को १७ प ६९८१ नम्बरको मोटरसाईकल लाई ठक्कर दिदा मोटरसाईकल चालकको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङ सुन्दरहरैचाका ७० बर्षीय कृष्ण दाहाल रहेको ईलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ । ठक्कर दिने मोटरसाईकल, मोटरसाईकल चालक सिराहा लहान १९ का नरेन्द्र कुमार दास र ट्याङकर, ट्याङकर( चालक ईलामका २४ बर्षीय निरस हुमागाई नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
यस्तै हिजो राती पौने १२ बजे सुनसरी भोक्राहानरसिंह १ खोनिया पुलस्थित राजमार्गमा ना ५ ख ५१०१ नम्बरको ट्रक अनियन्त्रित भई पल्टदा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा तत्काल नामथर खुल्न नसकेकी ३७र३८ बर्षीया महिला रहेकी जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । उनी ट्रकमै च्याप्पिएर घटनास्थलमै मृत अवस्थामा फेला परेको प्रहरीको भनाई छ । उनको शव जिल्ला अस्पताल ईनरुवा सुनसरीमा राखिएको छ । ट्रक चालक सुनसरी लालपुर ४ का ३२ बर्षीय अनुप चौधरी घाईते भएका छन् । उनको विराट नर्सीङहोम विराटनगरमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।