धरानः सुनसरीको धरान १५ बिशालचोकका ३८ बर्षीय विजय कुमार रोक्का लागुऔषध खैरोहिरोईन ब्राउनसुगर सहित पक्राउ परेका छन् ।
को १० प ६२५९ नम्बरको मोटरसाईकलमा आईरहेका रोक्कालाई विषेश सुराकका आधारमा ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले हिजो राती ८ बजे धरान ८ स्थित साम्पाङ चोकबाट नियन्त्रणमा लिएको हो । उनलाई चेकजाँच गर्दा शरीरमा लुकाई राखेको १२ ग्राम ५०० मिलिग्राम लागुऔषध ब्राउनसुगर वरामद भएको प्रहरीले जनाएको छ । यस्तै, उनको साथबाट नगद १० हजार ९ सय ६० रुपैया समेत बरामद गरिएको इलाका प्रहरी कार्याले जनाएको छ। पक्राउ परेका रोक्कामाथि थप अनुसन्धान तथा कानुनी कारबाही अगाडी बढाईएको प्रहरीको भनाई छ ।