इटहरीः सुनसरी जिल्ला प्रशासनले मास्क नलगाउनेलाई एक सय रुपैयाँ जरिवाना लिन थालेको छ ।
कोरोना सँक्रमणको दर उच्च हुन थालेपछि स्थलगत अनुगमन शुरु गरेको जिल्ला प्रशासनले पहिलो दिन धरान, इटहरी र इनरुवामा स्थानीय पालिका र प्रहरीको समन्वयमा अनुगमन थालेको हो । इटहरीका विभिन्न होटल तथा सार्वजनिक स्थानमा थालिएको अनुगमनमा मास्क नलगाउनेलाई हर्जना स्वरुप १ सय रुपैया लिइ रसिद दिइएको छ भने चिउडोमा मात्र मास्क लगाउनेलाई सचेत गराइएको छ ।
अनुसन्धान अधिकृत त्रिलाेचन न्याैपानेले पहिलाे चरणमा मास्क नलगाउनेलाइ १ सय रूपैया लिए मास्क दिने र काउन्सिलिङ गर्ने गरेकाे बताए । उनले बढि भिडभाड हुने स्थानबाट अनुगमन थालिएकाे बताए । जिल्ला प्रशासनकाे निर्णय अनुसार जाेखिमपुर्ण स्थानमा पहिलाे चरणमा अनुगमन गरिने छ ।
इटहरीमा भएकाे अनुगमनकाे पहिलाे दिन ४० जनालाइ रसिद काटेर जरिवाना लिइएकाे छ भने १ सय अाेटा मास्क वितरण गरिएकाे छ।
जिल्लामा सँक्रमणको दर उच्च भएका स्थानबाट सर्वसाधारणलाई सचेत गराउन अनुुगमन तीव्र पारिएको र यसलाइ निरन्तरता दिइने बताइएको छ । हाल सुनसरीका दुइ उपमहानगर धरान र इटहरीमा दैनीक ५० बढि सँक्रमित फेला परिरहेका छन् ।