धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पतालमा धरानका एक कोरोना संक्रमितको मृत्यु भएको छ ।

धरान १५ का ८६ बर्षीय वृद्धको हिजो मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानका सहप्रवक्ता डा.आशिष श्रेष्ठका अनुसार हिजो साँझ ५ बजेर ४० मिनेटमा मृत्यु भएको हो । मृतकलाई हिजो नै अस्पतालमा भर्ना गरिएको थियो भने उनको मृत्यु पछि मात्र आज पिसिआर रिपोर्ट पोजेटिभ आएको डा.श्रेष्ठले बताए ।

‘हिजो अस्पताल भर्ना हुनु भएको थियो । कोरोनाको शंकास्पद विरामीकोरुपमा उपचार भइरहेको थियो,’सहप्रवक्ता डा.श्रेष्ठले भने,‘हिजो नै मृत्यु भयो । उहाँको पिसिआर रिपोर्ट आज पोजेटिभ आयो ।’ डा.श्रेष्ठका अनुसार मृतकको शव प्रोटोकल अनुसार व्यवस्थापन गरिएको छ ।