मोरङ: मोरङको रतुवामाई १० सातमेडीका २४ बर्षीय रविन लिम्बुको करेन्ट लागेर मृत्यु भएको छ ।
हिजो अपरान्ह ४ बजे आफ्नै घर छेउमा मोटर जडान गर्ने क्रममा अचानक करेन्ट लाग्दा लिम्बु वेहोस भएका थिए । उनलाई तत्काल लाइफलाइन अस्पताल दमकमा उपचारको लागि लगिएको थियो । उपचारको क्रममा उनको साँझ साढे ५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।