धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा एक कोरोना संक्रमितको मृत्यु भएको छ ।
मोरङको बेलबारी १० का ३७ बर्षीय युवाको कोभिड अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानका सहप्रवक्ता डा.आशिष श्रेष्ठका अनुसार हिजो साँझ ६ बजेर ४५ मिनेटमा संक्रमितको मृत्यु भएको हो । उनलाई असोज २१ गते कोरोना संक्रमण पुष्टि भएको थियो भने हिजो असोज २७ गते प्रतिष्ठान भर्ना गरिएको थियो । मृतकको अन्य दीर्घरोगबारे जानकारी नभएको प्रतिष्ठानले जनाएको छ । मृतकको शव नियमअनुसार व्यवस्थापन भइरहेको पनि प्रतिष्ठानले जनाएको छ।