धरान: धरानमा आज बिहान थप एक कोरोना संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा धरान ७ की ६३ बर्षीय महिला रहेको प्रतिष्ठानले जनाएको छ । उनको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा बिहान ११ बजेर १५ मिनेटमा मृत्यु भएको सहप्रवक्ता डा.आशिष श्रेष्ठले जानकारी दिएका छन् । उनका अनुसार मृतकलाई असोज २१ गते प्रतिष्ठान भर्ना गरिएको थियो भने असोज २२ गते संक्रमण पुष्टि भएको थियो । मृतकलाई निमोनिया र मुटूको समस्या भएको प्रतिष्ठानले जनाएको छ ।