इटहरी: इटहरी ८ स्थित एक घरबाट घरधनीसहित ९ जना जुवाडेहरु पक्राउ परेका छन् ।

इटहरी ८ स्थित रत्न अधिकारीको घरको तेस्रो तलास्थित बैठक कोठामा तास खेल्दै गरेका ९ जना पक्राउ परेका हुन् । उनीहरुको साथबाट खाल थापेको नगद २० हजार ३ सय ८० रुपैया पनि वरादम भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । उनीहरुलाई जिल्ला प्रशासन कार्यालयबाट मुलुकी अपराध संहिता २०७४ अनुसार म्याद थप गरि आवश्यक अनुसन्धान कार्य शुरु गरिएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

प्रहरीका अनुसार सहित पक्राउ पर्नेमा घरधनी ६२ बर्षीय रत्न अधिकारी, ५५ बर्षीय हरेम्ब भट्टराई, ५३ बर्षीय शेखर चौधरी, ४८ बर्षीय महेश बराल, ४५ बर्षीय डिकबहादुर कार्की, ५१ बर्षीय रामनाथ हरिजन, ४६ बर्षीय भिम भुजेल, ५६ बर्षीय रामबहादुर कार्की र ४९ बर्षीय रंगनाथ रिजाल पक्राउ परेका छन् ।