विराटनगर: १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक(डिआइजी) ईश्वरबाबु कार्कीले मोरङ र सुनसरी जिल्लाको सिमावर्ती क्षेत्रमा आकस्मिकरुपमा स्थलगत अनुगमन तथा निरीक्षण गरेका छन् ।
डिआइजी कार्की बिहिबार दिउँसो सिमा क्षेत्रमा रहेका प्रहरी युनिट तथा सिमा क्षेत्रको आकस्मिक स्थलगत अनुगमन तथा निरीक्षणमा पुगेका हुन् । चाडपर्वहरु शुरु भएकोले सिमावर्ती क्षेत्रबाट हुने अपराधहरु हुन नदिन डिआइजी कार्की निर्देशन दिएका छन् । कार्कीले अवैध चोरी निकासी, लागुऔषध ओसारपसार लगायतका सिमावर्ती अपराधहरु हुन गर्न नदिन कडाईका साथ सुरक्षा योजना लागु गर्न निर्देशन दिएका थिए । साथै उनले कार्य सम्पादनको क्रममा कोभिड १९ को मापदण्डको पालना गर्न तथा उच्च मनोवलको साथमा प्रभावकारी भुमिका निर्वाह गर्न पनि उत्प्रेरित गरेका थिए ।